Kath khabar
युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु


                काठमाडौं, कात्तिक ३०।  युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा २ जना मारिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गर्नुभएको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।

पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update