Kath khabar
१९२ रनको लक्ष्य पाएको नेपालले ब्याटिंगमा खराब शुरुवात

 

                काठमाडौं, कात्तिक ३०।  घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईले नेपाललाई सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईले नेपाललाई ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुवात गरेको छ। नेपाली १३ रनमा नै महत्त्पूर्ण २ विकेट गुमाएको छ। नेपालका अर्जुन साउद र आशिफ शेख आउट भएका छन्। अर्जुन साउद आज ० मा आउट भएका छन् भने आशिफ शेख ६ रनमा आउट भएका छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३-३ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update