शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं, जेठ १८ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ
निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्दैछ ।
हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय