Kath khabar
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन 


                काठमाडौं, मंसिर १ ।  काठमाडौं उपत्यकामा ट्राफिकहरू निर्वाचनका लागि खटिएका कारण विभिन्न ठाउँमा जाम भएको छ। उपत्यकामा कार्यरत ट्राफिकहरू चुनावका लागि बाहिर खटिँदा जनशक्तिको अभाव भएको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उँहाले भन्नुभयो, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’ यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।

एसएसपी भट्टका अनुसार भित्री सडकमा भने जनशक्तिको अभावका कारण ट्राफिक प्रहरी छैनन्।  

jammm1668669255.jpeg

त्यसैगरी महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको छ । नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएकोले गत कार्तिक ३० गते बुधबारबाट बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकी लगायत मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।

jamm1668669289.jpeg

त्यस्तै पछिल्लो समय आगामी प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् । निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।

अहिले काठमाडौं उपत्यकाका प्रमुख चोकमा सुरक्षाकर्मीहरुको गस्ती पनि देख्न सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update