टर्की, मंसिर १ । टर्कीका धार्मिक नेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा अदालतले ८ हजार ६ सय ५८ वर्षको जेल सजाय सुनाएको छ ।
अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले महिलालाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि अदालतले अदनानलाई १ हजार वर्षको जेल सजाय सुनाएको थियो । अदनानले धेरै युवती उपस्थित हुने १ टीभी शो चलाउने गरेका थिए । युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ ।
६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन् । गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।