Kath khabar
१ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले सुरू गर्‍यो जवाफी ब्याटिङ


               काठमाडौं, मंसिर २ ।  संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा  दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेको छ।

यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेको थियो। ९३-९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए।

खानले ६३ बला ७ चौका र १ छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे।  त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६ बलमा २ चौका मद्दतमा २४ रन जोडे।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान २ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १-१ विकेट लिए।

३ एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ। पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो। दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update