Kath khabar
सानिमा बैकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

काठमाडौं, जेठ १८ । सानिमा बैक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई-बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नुहुनेछ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सक्नुहुनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको “रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नुहुनेछ । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update