निर्वाचन २०७९
प्रतिनिधिसभाको पहिलो नतिजा : मुस्ताङमा कांग्रेसले खोल्यो खाता
मुस्ताङ, मंसिर ५ । मुस्ताङबाट प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३९९६ मतसहित निर्वाचित भएका छन्।यहाँ नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्। मुस्ताङमा सात हजार दुई सय तीस मत खसेको थियो।
२९ वर्षीय योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय