काठमाडौं, मंसिर ५ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् ।
तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाएका छन् । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो ।
प्रदेश-१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता
निर्वाचन क्षेत्र नंं ३ प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता छ । प्रदेशतर्फको तीन हजार ९७ मत गन्दा लामाले नौ सय ५६ मत प्राप्त गर्नुभएको हो । एमालेका चन्द्रमान लामाले सात सय ९०, स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले पाँच सय ७४, राप्रपाका चुण्डी लामाले पाँच सय २३ र नेकपा (माओवादी केन्द्र) का कपिलमुनि उप्रेतीले ९० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशतर्फ तीन हजार एक मत सदर र ९६ मत बदर भएको जनाइएको छ ।