निर्वाचन २०७९
भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतलाई पछाडि पार्दै निरन्तर अगाडि
भक्तपुर, मंसिर ५ । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा एमालेका महेश बस्नेतलाई पछाडि पार्दै निरन्तर अगाडि बढेका छन्। थापाले ४५१५ मत पाएका छन् भने बस्नेतले ४११९ मत पाएका छन्।
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन्। यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गरेका छन्।
उता भक्तपुर क्षेत्र न १ क चाँंगुनारायण प्रदेशसभाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय