निर्वाचन २०७९
काठमाडौ क्षेत्र ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी
काठमाडौं, मंसिर ६ । काठमाडौ क्षेत्र-४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा थापा अत्यधिक मतका साथ विजयी हुनुभएको हो।
थापाले २१३०१ मत प्राप्त गर्नु भएको छ । थापाले प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७४४६ मत अन्तरले पराजित गर्नु भएको हो।
डा. भट्टराईले १३८५५ मत प्राप्त गर्नुभएको छ । थापा २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट डाक्टर भट्टराईलाई नै हराएर विजयी हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय