स्पेन, जेठ १९ । कार्लो एन्सेलोटी पुन: स्पेनिस जायन्ट क्लब रियल मड्रिडमा प्रशिक्षकका रुपमा फर्किनुभएको छ । प्रिमियर लिग क्लब एभर्टन छोड्दै एन्सेलोटी दोस्रो पटक रियालको प्रशिक्षक बन्नुभएको थियो ।
रियल मड्रिडले उहाँलाई तीन वर्षका लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । ६१ वर्षिय इटालियन एन्सेलोटीले १८ महिना इंग्लीस प्रिमियर लिग क्लब एभर्टनमा बिताउनु भएको हो । यसलाई उहाँले अप्रत्यासित अवसर भन्नुभएको छ । जिनेदिन जिदानले यो सिजन उपाधी विहन भएपछि केही साता अघि मात्र क्लब छाड्नुभएको थियो ।
उहाँको स्थानमा एन्सोलोटी फर्किनु भएको हो । एन्सोलोटीले सन २०१३ देखी २०१५ सम्म रियलको प्रशिक्षकको भुमिका निभाउनुभएको थियो । विश्व फुटवलका उत्कृष्ट मध्यका एक उहाँले रियललाई सन् २०१४ मा च्याम्पियन्स लिग जिताएका थिए । क्लब फुटबलमा तीन च्याम्पियन्स लिग जित्ने तीन प्रशिक्षक मध्येमा एन्सेलोटी पनि पर्नुहुन्छ ।उहाँले २००३ र २००७ मा एसी मिलानका लागि पनि च्याम्पियन्स लिग जिताउनुभएको थियो ।