काठमाडौं, मंसिर ८ । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “विश्वकप च्याम्पियन अफर; नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार एक सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथसाथै एक जना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ। ग्राहकहरूले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरि पाउने कम्पनीले जनाएको छ। नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सीजी डिजिटल सोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सीजी डिजिटल सोरुमहरू काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्। कम्पनीले सीजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ ।