Kath khabar
आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप


          काठमाडौं, मंसिर ८ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीले १२ जना जुरी समक्ष प्रिजेन्टेसन र स्पिड डेटिङ सेसनमा प्रस्तुती दिएका थिए ।

स्टार्टअप आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरू क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन्। यसैगरी प्रोडक्ट आइसिटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रोडक्टहरूमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन्।  राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल ५ इनोभेसनमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ। यस प्रतिस्पर्धाको पिचिङ तथा ग्राण्ड जुरी सेसनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रशारण गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धीले आइएमई पे र स्पारो एसएमएस मार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । उक्त विधामा जुरीको छनौट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनौट गरिने आयोजक समिति सदस्य शुसिल पोखरेलले जानकारी दिए । उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार  इनोभेसनहरुको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ । पल्लिक भोटिङ मसिंर ९ गते शुक्रबारदेखि मसिंर २९ गतेसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।

यि  पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरुमा छनौट प्रक्रियाजारी रहेको छ । यसैगरी निजी र सरकारी शैक्षिक संस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड, सरकारी संस्थालाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरुमा पनि समावेश छन्। १३ विधामा प्रदा नगरिने आइसिटी अवार्ड २०२२ को लागि ३ महिनादेखि विभिन्न चरणका छनौट प्रकृयाहरू जारी छन्। गत कार्तिक १८ र १९ गते सयबढि स्टार्टअपहरुको संलग्नतामा स्टार्टअप फेस्ट पनि आयोजना भएको थियो ।

यस वर्ष दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को पनि घोषणा गरिएको छ । यस विधामा ७ वटादेशहरुबाट ५० बढिको नोमिनेशन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । विभिन्न देशका विज्ञहरूको संलग्नतामा यस विधाको विजेताको लागि छनौट प्रक्रियासञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । उत्कृष्ट ५ साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेको लागि नेपाल आउनेछन् ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ एन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यो कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन र एपहरु मर्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स सह-प्रायोजकमा नेपाल टेलिकम र जेनेस, पावर्ड बाई प्रायोजकमा ह्वावे र स्मार्ट क्युआर, क्याटेगोरी स्पोन्समा एनसेल, ई-कमर्स पार्टनर दराज, पेमेन्ट पार्टनर आईएमई पे, इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, सपोर्टिङ पार्टनर माइक्रोसफ्ट छन् ।

कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल उद्योग वाणिज्य महासंघको सहयोग तथा सहकार्य रहेको छ । यसका साथै अवार्डको इन्स्योरेन्स पार्टनर आईएमई जनरल इन्स्योरेन्स, डाटा सेन्टर एण्ड क्लाउड पार्टनर सिल्भर लाइनिङ, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, एडटेक पार्टनर वेद, इन्क्युबेसन पार्टनर किंग्स कलेज, गेमिङ पार्टनर यार्सा ल्याब्स, सपोर्टिङ पार्टनर फ्युज मसिन लगायतको सहकार्य रहेको छ ।  
कसरी गर्ने पब्लिक भोटिङ ?

स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२२ विधाका उत्कृष्ट ५ लाई आइएमई पे र स्प्यारो एसएमएस मार्फत भोटिङ गर्न सकिनेछ । यि ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आइडीबाट एक विधामा एउटाप्रतिस्पर्धीलाई मात्र भोट गर्न सकिनेछ ।

३ वटै विधाका उत्कृष्ट १२प्रतिस्पर्धीहरुलाई पल्लिक च्वाइस आइसिटी अवार्ड २०२२ विधामा भोट गर्न सकिनेछ । यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था रहेको छ । यस विधाको लागि गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिनेछ । भोट गर्नको लागि आइएमई एप डाउनलोड गरेर आइसिटी अवार्ड २०२२ छनौट गरी त्यसमा विधा छनौट गरेपश्चातप्रतिस्पर्धीको नाम देखिनेछ । आफुलाई मन परेकोप्रतिस्पर्धीलाई भोट गर्न सकिनेछ ।

यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार ICT टाइप गरी भोटिङ कोड लेखेर ३३००१ मा पठाउनुपर्नेछ । भोटिङ कोड र विस्तृत जानकारीको लागि आधिकारिक वेबसाइट बाट जानकारी लिन सकिने आयोजकले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update