Kath khabar
सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स



           काठमाडौं, मंसिर ११ । नेपाल बीमा प्राधिकरणले सात वटा लघुबिमा कम्पनीहरुलाई लघुबिमा सम्वन्धी कारोबार सञ्चालन गर्न अनुमती दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दे लघुजिवन बीमातर्फ तीन वटा र लघु निर्जिवन बीमातर्फ चार वटा कम्पनीहरुहरुलाई सेवा सञ्चालनको लागि अनुमति दिएको जनाएको छ ।

यसरी अनुमति पाउनेहरुमा लघुजिवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी र लिबर्टी माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यसैगरी निर्जीवन लघुबिमा तर्फ भने ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले कारोबार सञ्चालनको लागि अनुमति पाएका छन् ।

प्राधिकरणले २०७९ भदौ १० गते एक सूचना जारी गर्दै लघुबिमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो । निर्वाचनअघि नै लघुबिमा कम्पनीको लाइसेन्स वितरण गर्ने प्राधिकरणको योजना रहेकोमा  निर्वाचन आयोगले स्पष्टिकरण माग गरेपछि लाईसेन्स दिने प्रकृया रोकिएको थियो लाईसेन्स लिनको लागि ३१ वटा कम्पनीहरुले आवेदन दिएको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update