Kath khabar
विश्वकपमा आज चार खेल हुँदै , ब्राजिल र स्वीट्जरल्यान्डको खेल राती ९ः४५ बजे


              काठमाडौं, मंसिर १२ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज सोमबार समूह ‘जी’ र ‘एच’ का दुई दुई खेलहरु हुँदैछन् ।

आज पहिलो खेलमा समूह 'जी' मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार दिउसो ३ः४५ बाट सुरु हुने खेल अल जानौव रंगशालामा हुनेछ । पहिलो खेलमा हार व्यहोरेका दुवै टोली जितको खोजीमा रहेका छन् ।  

दोस्रो खेल समूह ‘एच’ मा रहेको दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ः४५ बजे एजुकेशन सिटी रंगशालामा हुनेछ । दुवै टोली पहिलो जितकै खोजीमा हुनेछन् ।

तेस्रो खेलमा ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल स्टेडियम ९७४ मा राति ९ः४५ बजे हुनेछ । दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् ।

यस्तै चौंथो तथा अन्तिम खेल समूह ‘एच’ मा रहेका पोर्चुगल र उरुग्वे आमाने-सामाने हुँदैछन् । खेल राति १२ः४५ बजे लुसेल आइकोनिक रंगशालामा सुरु हुनेछ । उरुग्वे पहिलो जितको लक्ष्यमा छ भने पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update