काठमाडौं, मंसिर १२ । काठमाडौं महानगरपालिकाले आज थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुको नाम खुलाएर कारबाही गर्न माग गरेको छ ।
नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको हो। महानगरका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउनुभएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डे सहितका प्रहरी घाइते भएका छन् ।
धारिलो हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासी बस्तीका व्यक्तिहरुले नगर प्रहरी शर्मिला बोगटीलाई सरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको प्रवक्ता मानन्धरले विज्ञप्तिमा जानकारी गराउनुभएको छ ।