Kath khabar
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?


              काठमाडौं, मंसिर १२ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा नगर प्रहरीमाथि आक्रमण गरेको तथा आफ्नो ज्यान लिने धम्कि समेत दिएको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर शाहले राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गर्नुभएको छ ।

सोमबार थापाथलीस्थित बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डे सहित ३६ प्रहरी घाइते भएका छन् । तिमध्ये गम्भीर रुपमा घाइते बनाइएका ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । 

नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गर्दै मेयर साह र महानगरविरुद्ध नाराबाजी गरेर बिरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update