काठमाडौं, मंसिर १३ । विभिन्न मिति तथा समयमा चोरी भएका २२ ओटा सवारी साधन आज सवारी धनीलाई हस्तान्तरण गरिएको छ ।
रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गर्नु भएको हो ।
यो आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनि ५९२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडी ६ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ । धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।
सवारी साधन जथाभावी पार्किङ नर्गनुहुन र पार्किङ गरिएका सवारी साधनमा पनि सुरक्षाका उपाय-डिक्स लक, ह्याण्डिल लक, सेक्युरिटी साइरन आदि) अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न हुन सम्बन्धित सबैलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक भट्ट अनुरोध गर्नु भएको छ ।