Kath khabar
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह

 

                काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेपछि राष्ट्रिय भूमि आयोगले सुकुम्बासीलाई तत्काल नहटाउन आग्रह गरेको छ ।

आयोगले आज  एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न नगराउन नहटाउन भनेको हो ।

'निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सुचारू गर्नेछ' सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update