Kath khabar
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट


              ललितपुर, मंसिर १६। नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र वि एण्ड वि अस्पताल बीच पत्रकार र आश्रीत परिवारको उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य उपचारमा छुटका लागि शुक्रबार सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बिच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो । उहाँका अनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागू भई दुईबर्षसम्म रहने छ । सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आवद्ध सबै शाखाका सदस्यहरु, पत्रकारका श्रीमान/श्रीमती, बुबा-आमा, छोराछोरीले यो सुविधा पाउनेछन् । सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय-पत्र आवश्यक हुने उल्लेख छ ।  

सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरी कार्कीले हस्ताक्षर गर्नुभएको छ भने वि एण्ड वि अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा.निरज लाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले गर्नुभएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update