Kath khabar
नेप्सेमा सामान्य वृद्धि



                       काठमाडौं, मंसिर १८ । नेप्से बढेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से दुई दशमलव १६ अंकले बढेर १९ सय ६३ दशमलव २२ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव १७ अंकले बढेर तीन सय ८४ दशमलव ८३ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ४३ वटा कम्पनीहरूको २६ हजार एक सय ५० पटकको कारोबारमा ३६ लाख ९४ हजार ८४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये नौ वटा समुहले कमाएका छन् भने चार वटा समुहले गुमाएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समुहको सूचक घटेका छन् भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, स्वेत गंगा हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update