Kath khabar
एयरब्याग भएको हेलमेट लन्च हुँदै


                      काठमाडौं, मंसिर २०।  हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट सार्वजनिक गरेको छ । यो हेलमेट २०२३ मा बजारमा उपलब्ध हुनेछ ।

सो एयरब्यागको सेफ्टी प्रविधि भएको प्रोटोटाइप मोडल कम्पनीले स्वीडिश निर्माता अटोलिभको सहयोगमा निर्माण गरेको हो । सो एयरब्यागले कारको ड्याशबोर्डमा भएको एयरब्यागले जस्तै काम गर्नेछ ।

एयरब्याग हेलमेटको माथि जडान गरिनेछ । यो हेलमेट साधारण हेलमेट भन्दा अधिक प्रभाव झेल्न सक्ने क्षमताको हुनेछ । एरोहका अनुसार यसले टाउकोमा लाग्न सक्ने चोटलाई लगभग आधा कम गर्नेछ ।

सो एयरब्याग हेलमेट २०२० देखि परीक्षण भइरहेको छ । उक्त परीक्षणमा बाइक दुर्घटनाको समयमा एयरब्याग खुल्नु भन्दा अघि र पछाडिको परिणामको बारेमा परीक्षण भइरहेको छ ।

यद्यपि कम्पनीले सो एयरब्याग हेलमेट कहिले लन्च गर्ने भन्ने जानकारी दिएको छैन । तर यसको परीक्षण पुरा हुने वित्तिकै अर्को वर्ष लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update