अनु र सरगम राईले ल्याए ‘भाकि सके’

काठमाडौं, मंसिर २२ । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकि सके’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ ।
गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशवराज भट्टको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियो प्रकाश खड्काले छायांकन गर्नुभएको हो भने सम्पादन दिनसन शाहको रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=QBHy2aVdDlE
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय