सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा
काठमाडौं, मंसिर २३ । सम्पत्ति शुद्धीकरण निवारणको लागि नेपाल राष्ट्र बैंकले छुट्टै महाशाखा गठन गरेको छ ।
राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरेको हो । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग दरबारमार्ग काठमाडौं अन्तर्गत रहने गरी उक्त महाशाखा सञ्चालनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न २०७९ माघ एक गते देखि कार्य प्रारम्भ गर्ने गरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टीकृत सुपरीवेक्षकीय महाशाखा स्थापना गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय