Kath khabar
गर्मीमा शरीरमा इम्युनिटि पावर बढाउन अमला र सितलचिनी  उपयोगी

काठमाडौं, जेठ २० । बढ्दै गएको गर्मी तथा कोराना भाइरसको संक्रमणले मानिसलाई चिन्तित बनाएको छ । शरीरमा इम्युनिटी बढाउन खाइने गरम खानेकुराबाट जाडो मौसममा लाभ मिलनेपनि आजभोलिको गर्मीमा भने त्यसले अर्काे समस्या निम्त्याउन ल्याउन सक्छ ।

मौसम अनुसारको खानेकुराको चयनले स्वास्थ्यमा अनुकुल प्रभाव पार्ने भएको हुँदा रोग प्रतिरोधात्मक शक्ति बढाउन पनि मौसम अनुसारको तरिका अपनाउन पर्दछ । गर्मीको कहरबाट शरीरलाई सितलता प्रदान गर्न तथा कोरोना भाइरसको संक्रमणबाट बच्न अमला र सितलचिनी मिसाइ बनाएको जुस फलदायी सावीत हुन सक्छ ।

बजारमा पाइने मंहगा इम्युनिटी पावर बढाउने औषधि भन्दा सस्तो तथा घरमा सजिलै बनाउन सकिने हुँदा सितलचिनी र अमलाको मिश्रण जुस सबैलाई फाइदाजनक छ ।

जुस बनाउने तरीका तथा फाइदाहरु : एउटा अमला र सितलचिनीको सात/आठ वटा पातलाई राम्ररी धोएर मसिनो बन्ने गरी पिसी सफा एक गिलास पानीमा राखी जुस तयार पार्न सकिन्छ । यसरी बनाइएको जुसबाट निम्न प्रकारका फाइदा लिन सकिन्छ ।

१.शरीरको तौल घटाउन : जंक फुड तथा अप्राकृतिक खाना र शाररीकि श्रम कम हुदा मोटोपना अहिले धेरैका लागि समस्या बन्दै गएको छ । क्यालीसीयम, खनिज पदार्थ ,भिटामिन जस्ता पौस्टीक तत्वले भरीपूर्ण सितलचिनी तथा भिटामिन सि तथा अन्य पौस्टिक तत्वको धनी अमलाको जुस खादा शरीरलाई आवस्यक पर्ने धेरै तत्व प्राप्त हुन्छ जसले गर्दा हामीले नियमित खानेकुरा घटाउन सक्छौ । जसले गर्दा शरीरमा अनाआवस्यक कार्बाेहाइड्रेट जम्मा हुन पाउँदैन । अमला त झन पेटको बोसो हटाउन अति लाभदायक छ ।

२. आँखा तेजीलो बनाउन : सितलचिनीको सेवनले आँखाको धमिलोपन हटाउन सहयोग गर्दछ । सितलचिनीमा पाइने एन्टी अक्सीडेन्ट तत्व तथा अमलामा पाइने भिटामिन सि ले आँखा सुनीने, पोल्ने तथा सुख्खा हुन समस्या हटाउन सहयोग गर्दछ  ।

३. कब्जीयत तथा पाइल्स हटाउन : सितलचिनीमा पाइने भिटामिन बि तथा अमलामा पाइने फाइबर सेबनबाट खाना राम्ररी पच्दछ जसले गर्दा दिसा कब्जीयत हुने तथा पाइल्सको समस्या आउन पाउँदैन ।

४. रगतको मात्रा बढाउन : अमला र सितलचिनीको मिश्रण जुस सेवनले शरीरमा रगतको मात्रा बढाउँछ । यसले रगतमा हेमोगोलोविनको मात्रा बढाउछ । अमलाले रातो रक्तकोष बढाइ रगत सफा राख्न सहयोग गर्दछ । साथै सितलचिनीमा पाइने फोलिक एसिड, भिटामिन वि १२ र भिटामिन सि जस्ता तत्वले रगत बढाउन सहयोग गर्दछ तर्सथ यो जुस पिउदा बित्तीकै शरीरमा स्फुर्ति बढ्छ।

५. रोग प्रतिरोधी: सितलचिनीमा पाइने भिटामिन ए, आइरन तथा अमलामा पाइने भिटामिन सी ले शरीरको इम्युनिटी पावर बढाउँछ । अमला र सितलचिनीको मिश्रण जसमा प्रशस्त एन्टी अक्सीडेंन्ट हुने हुँदा आक्रमणकारी भाइरस तथा ब्याक्टेरियालाई पराजित गर्न शरीर सक्षम रहन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update