Kath Khabar
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा


                 काठमाडौं, मंसिर २६ । काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरिएको छ ।  सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

दुर्घटना न्यूनिकरण तथा सवारी आवागमन सहज बनाउन  ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ । सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।  


 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update