काठमाडौं, जेठ २० । एभरेष्ट बैंक लिमिटेडले बेलायतमा रहेको अनलाईन मनी ट्रान्सफर सेवा, स्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।
स्पुन रेमिट, अनलाईन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम. ए फास्टमोव लि. अन्तर्गतको नाम हो, जुन वेब का साथै मोबाइल एप्लीकेसनको दुबै एन्ड्रोइड र आई. ओ. एसमा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई स्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।
साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदानगर्नमा मद्दत गर्नेछ । स्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजित मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९००० भन्दा बढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्य कुनैपनि शाखाबाट नगद भुक्तानी लिन सकिनेछ ।