Kath khabar
विश्वकपको सेमिफाइनलमा कुन टोली कोसँग भिड्दैछन् ?

 

              काठमाडौं, मंसिर २६ । फिफा विश्वकप २०२२ को सेमिफाइनल लाइनअपको टुङ्गो लागेको छ ।

विश्वका शीर्ष ४ टोली फाइनल पुग्ने प्रयासमा रहनेछन् । हालको च्याम्पियन फ्रान्स, मोरक्को, अर्जेन्टिना र क्रोएसियाका टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।  डिफेन्डिङ च्याम्पियन फ्रान्सको टोली अन्तिम चारमा पुग्ने अन्तिम टोली थियो।

सेमिफाइनल खेल १४ डिसेम्बरबाट सुरु हुनेछ । अन्तिम ४ को टिकट काट्ने पहिलो टोली क्रोएसिया हो । यो टोलीले उपाधिका बलियो दावेदार ब्राजिललाई हराएर धेरै प्रशंसा कमाएको छ ।

यता, स्टार फुटबलर लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले नेदरल्याण्डलाई हराउँदै सेमिफाइनलको टिकट बुक गरेको छ भने मोरक्कोले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको पहिलो पटक अन्तिम ४ मा प्रवेश गर्ने सपना चकनाचुर पारेको छ ।

फिफा विश्वकपको पहिलो सेमिफाइनल डिसेम्बर १४ मा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीच कतारको लुसेल रंगशालामा हुने यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

दोस्रो सेमिफाइनल डिसेम्बर १५ मा मोरक्को र फ्रान्सबीच खेलिनेछ । अल बेत स्टेडियममा हुने यो खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update