Kath khabar
नेप्सेमा हरियाली, वाणिज्य बैंक बाहेक सबै समुहले कमाए


             काठमाडौं, मंसिर २६ । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने १६ दशमलव ९७ अंकले बढेर १९ सय दुई दशमलव २८ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५७ अंकले बढेर तीन सय ७२ दशमलव ९३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ४५ वटा कम्पनीहरूको २२ हजार नौ सय ९३ पटकको कारोबारमा ४४ लाख ७० हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ३६ करोड ६० लाख १० हजार चार सय ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक समुहको सूचक घटे पनि विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समिट लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, मैलुङ खोला जलविद्युत कम्पनी आदिले गुमाएका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update