Kath khabar
रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश सरकारले तत्काल फिर्ता लिनुपर्छ - गगन थापा

 

               काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश फिर्ता गर्नुपर्ने बताउनुभएको छ । सोमबार सामाजिक सञ्जालमामार्फत सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताउनुभएको हो ।

‘अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी बढाउन सक्छ उहाँले भन्नुभएको छ । अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै यो अध्यादेश तत्काल फिर्ता लिनुपर्ने उहाँले बताउनुभएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update