Kath khabar
झण्डै तीन अंकले घट्यो नेप्से


              काठमाडौं, मंसिर २७ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पुन: घटेको छ । नेप्से आज दुई दशमलव ५७ अंकले घटेर १८ सय ९९ दशमलव ७० अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ६३ अंकले घटेर तीन सय ७१ दशमलव ३० अंकमा सीमित भएको छ । नेप्सेमा आज  दुई सय ४८ वटा कम्पनीहरुको १६ हजार तीन सय २० पटकको कारोबारमा २० लाख ५८ हजार पाँच सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये जलविद्युत, निर्जीवन बीमा, लघुवित्त र सामूहिक लगानी कोष सहितका चार वटा समुहहरूको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, अन्य र ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा तेह्रथुम पावर कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल टेलिकम आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, समिट लघुवित्त वित्तीय संस्था परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update