Kath Khabar
सरकारले ल्याएको अध्यादेश फिर्ता लिन सर्वोच्च बारको आग्रह


                 काठमाडौं, मंसिर २७ । सर्वोच्च अदालत बार एशोसिएशनले गम्भीर प्रकृतिका फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ । बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशबारे आपत्ति जनाएको हो ।

सरकारले कानुन नै संसोधन गर्ने गरी ल्याएको अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन, कानुनी मुल्‍य र मान्यता, फौजदारी कानुनका स्थापित सिद्धान्त तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको उपहास गरेको बारले ठहर गरेको छ । काम चलाउ सरकारले गरेको उक्त निर्णय तत्काल फिर्ता लिनसमेत सरकार समक्ष आग्रह गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update