काठमाडौं, जेठ २० । विद्युतीय सवारी ब्रान्ड दि गो ले दिगो विद्युतीय ह्याच ब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ । सरकारले गरेको यस सकारात्मक कदमको सर्हानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दी गो कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ ।
नयाँ बजेटमा विद्युतीय सवारीसाधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दी गो को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दी गो यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकैै नै सकारात्मक रहने छ ।
दी गो को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेट अघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारीसाधनमा लाग्ने कर कटौतीगरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो । वातावरण, अर्थतन्त्र र ऊर्जानिर्भरताको सन्दर्भमा विद्युतीय सवारीसाधनको लाभ निकै बढी छ । दी गो विद्युतीय सवारीसाधनहरु सुलभमूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छ ताकि हरेकालाई विद्युतीय सवारी साधनका लाभ लिन सकून र हाम्रो मुलुकमा यस्ता सवारीसाधनको प्रभाव यथासम्भव चाँडो अनुभूत गर्न सकियोस ।
त्यसैकारण गत वर्ष यी विद्युतीय वाहनको आयातमा लाग्ने कर र महसुलहरु उल्लेख्य मात्रामा बढेपनि दी गो को मूल्य उच्च नराखिएको हो । अहिले दी गो ग्रुपले स्टकमा रहेका सवारी साधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो । यस कम्पनी मुलुकलाई हरतरहले विद्युतीय सवारीसाधनको लाभ दिलाउन अहिलेपनि प्रतिबद्ध छ र भविष्यमा पनि रहनेछ ।
दि गो बारे
दी गो तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार हो । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथियम व्याट्री जडित रहेको छ । यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ । यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्णरुपमा सजिलै चार्ज गर्न सकिन्छ । दी गो को प्रति किलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा एक रुपैयाँ १० पैसा मात्रै पर्छ ।