Kath khabar
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य

 

                     काठमाडौं, मंसिर २८ ।  काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित तीनपिप्लेमा १ युवकको मृत्यु टिपरको ठक्करबाट नभइ हत्या गरिएको खुल्न आएको छ ।

यही मंसिर २५ गते राति ११ बजेतिर २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको दाबी गरिए पनि परिवारले भने हत्या भएको बताएका छन् । फुयाँललाई बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

tippeer1671006673.jpg

ठक्‍करबाट घाइते भएका फुयाँललाई चालक र अन्य मानिसहरु मिलेर बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर हत्या गरेको आरोप मृतकका दाजु जयरामले लगाएका छन् । घटनामा संलग्नताको आशंका प्रहरीले शिव बलामी र बिमल बलामीलाई पक्राउ गरिसकेको छ ।

दोषीलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउन माग गर्दै सोमबार पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेराउ गरेका छन् ।

अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update