काठमाडौं, मंसिर २८। नेप्से पुन घटेको छ । आज बुधबार नेप्से दुई दशमलव ६२ अंकले घटेर १८ सय ९७ दशमलव शून्य आठ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले घटेर तीन सय ७० दशमलव १९ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरूको १६ हजार छ सय ७७ पटकको कारोबारमा २० लाख ८७ हजार आठ सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ७२ करोड ७८ लाख ७७ हजार आठ सय ९७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा फाइनान्स, जलविद्युत, होटल तथा पर्यटन, लगानी र उत्पादनमूलक सहितका पाँच वटा समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका आठ वटा समुहहरूको सूचक भने घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये सिवाइसी लघुवित्त वित्तीय संस्था, साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स हाइड्रो पावर कम्पन, तेह्रथुम पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।