Kath khabar
अब्बल “मनिष”

काठमाडौं, जेठ २० । गत शनिबार इराकको बसरामा भएको खेलमा घरेलु टोलीसँग नेपालले ६-२ गोलको हार ब्येहोर्यो । गत साताको बिहीबारमात्रै सार्वजनिक भएको फिफा विरियतालाई हेर्दा इराक नेपाल भन्दा एक सय तीन स्थान माथि छ । तर इराकविरुद्ध नेपालले गरेको प्रदर्शन उपलब्धीमुलक र आशालाग्दो रहेको बताउनु हुन्छ, फुटबल विश्लेषक । त्यहाँ माथि १९ वर्षिय मिडफिल्डर मनिष डाँगीको महत्वपुर्ण गोल ठुलो उपलब्धी नै हो ।

नेपालको राष्ट्रिय जर्सी लगाएर पहिलो पल्ट अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएका मनिषले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिएको मौकामा खरो प्रदर्शन गर्नुभएको छ । “प्राविधीकरुपमा बलियो टिमसँग प्रतिस्पर्धा गरेपछि केही सिकेको जस्तो अनुभव भयो ।” मनिषले इराकसँगको खेल पछि भन्नु भयो । “ डेब्युमै गोल गर्दा खुशी छु, र पराजयका कारण दुखी पनि छु । ”

को हुनुहुन्छ त मनिष?

भनिन्छ फुटबल खेलमात्र होइन भावना पनि जोडिएको हुन्छ । मनिषका लागि फुटबल बुवाको सपना र आत्मविश्वास थियो । लजालु स्वाभावका उहाँको बोली भन्दा खुट्टा छिटो चल्छ, नेपाली प्रष्ट छैन । तर उहाँको लक्ष्य प्रष्ट छ । 

“नेपालको जर्सी लगाएर खेल्न मन छ, बुवाले राष्ट्रिय टिमबाट खेलोस् भन्ने चाहना राख्नु भएको थियो त्यो पुरा गर्न मन छ ।”  मनिषले दुई वर्ष अघि खालीबारी क्लब सी डिभिजन लिग च्याम्पियन हुँदा दिनुभएको अभिव्यक्ति हो यो । मनिषका परिवार बैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा बस्नुहुन्छ ।

मनिषले पनि त्यही जुनियरस्तरका लिगहरु खेल्नु भएको थियो । मनिषको फुटबलप्रति लगावलाई देखेर उहाँका पिताले, छोराले नेपाली राष्ट्रिय टोलीबाट खेलोस् भन्ने चाहानु हुन्थ्यो। तर रोजगारीकै क्रममा उहाँले सात वर्ष अघि कोरियामै ज्यान गुमाउनु भएको थियो । उहाँको त्यही सपना मनिषका लागि प्रेरणा बन्यो । फुटबलमा भविष्य खोज्दै गरेका मनिषलाई भाग्यले नेपालमा डोहोर्‍यायो । 

मनिष त्यो बेला नागरिक्ता बनाउन नेपाल आउनु भएको थियो । खालीबारी उहाँलाई दुई खेलमा मौका दियो । दुई खेलमा उहाँले पाँच गोल गर्दै आफुलाई अब्बल सावित गर्नुभयो । संयोग भन्ने कि मनिषको भाग्य त्यतिबेला उहाँलाई प्रशिक्षक तथा दर्शकले निहाल्नुभएको रहेछ ।  ननिहाल्नु पनि कसरी उहाँ खेल नै युनिक थियो । अझ भन्नु पर्दा नेपाली फुटबलमा कोरियन फ्लेभर देखिएको थियो । उहाँको खेल वास्तवमै आँखालाई आनन्द आउने खेल थियो ।

त्यो खेलका कारण प्रभावित हुने एक चेतनारायण श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहाँले मनिषको खेल बुझेर २०१९ मा नेपालमै भएको साफ यु १८ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा बोलाउनु भयो । “मनिषले पाएको मौकालाई खेर जान दिनुहुन्न, अभ्यासका दौरान पनि पाएका ९० प्रतिशत अवसरलाई उहाँले गोलमा परिणत गर्नुभएको छ । खेलमा टर्निङ पोइन्ट ल्याउने उहाँसँग गज्जबको खुबी छ ।” सो टुर्नामेण्टमा उहाँले एक गोल गर्नुभएको थियो ।  

त्यसपछि थ्रि स्टारले पनि उहाँलाई घरेलु प्रतियोगिताहरुमा मौका दियो । राष्ट्रिय टिमसम्म ढोका खोल्दिने अवसर प्रशिक्षक श्रेष्ठले दिनु भयो र मनिषले आफुलाई प्रमाणित गर्दै जानुभयो । गत वैशाख-जेष्ठमा भएको नेपाल सुपर लिग एनएसएलको पहिलो सस्करणमा विराटनगर सिटीबाट खेल्नुभएका मनिषले त्यहाँपनि आफुलाई क्षमता भएको खेलाडीको रुपमा प्रमाणित गर्नुभयो र त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उहाँलाई राष्ट्रिय टिममा अवसर दिनु भयो । “एग्रेशिभ खेल्नुहुन्छ, राम्रो पेस बनाउनुहुन्छ । केही केही कुरा सुधार्नुपर्ने त्यसको जिम्मा म लिन्छु” मिडफिल्डर मनिषका बारे प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षण अघि भन्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update