Kath khabar
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड



           काठमाडौं, मंसिर २९। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स 'न्यू बिज बिजनेशकन्क्लेभ एण्ड अवार्डस्'  कार्यक्रममा तेस्रो बेष्ट म्यानेन कर्मसियल बैंक २०२२  अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गर्नुभएको थियो ।

अर्थमन्त्री माननीय जनार्दन शर्माले उद्घाटन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरूको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update