Kath khabar
नेप्सेमा उच्च गिरावट, सबै सूचक रातै



              काठमाडौं, मंसिर २९ । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज बिहीबार नेप्से १४ दशमलव ४८ अंकले घटेर १८ सय ८२ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव चार अंकमा पुगेको छ ।

दुई सय ५४ वटा कम्पनीहरुको २२ हजार तीन सय ७४ पटकको कारोबारमा ४८ लाख चार हजार दुई सय ७९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा सबै समुहहरूको सूचक घटेर नेप्से रातो भएको छ । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स निर्जीवन बीमा, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज रुरु जलविद्युत परियोजना लिमिटेड, इष्टर्न हाइड्रो पावर कम्पनी लिमिटेड, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड २ आदिको शेयर मूल्य घटेका छन् ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिको भने आज बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update