Kath khabar
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

 

               काठमाडौं, पुस १ ।  नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update