Kath khabar
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास



              काठमाडौं, पुस १ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । यही पुस एक गते देखि रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका सैन्य अभ्यासको शुभारम्भ गर्नुभएको हो ।  

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी २०७९ पुस १४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको पन्ध्रौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पुर्वक सञ्चालन भई सकेको छ ।

यो संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ । यस किसिमको सैनिक अभ्यासले दुई देश बीच सदियौं देखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरु बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update