Kath khabar
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार


                 काठमाडौं, पुस १ ।  घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ परेका छन् । पीडित शान्ता शर्मासँग २ करोड ३ लाख रुपैयाँ ५ वर्ष अघि नै लिई अहिले घर अर्कैलाई बिक्री गरेको फेला परेपछि ग्रिनहिल सिटीका निर्देशक भट्टराई पक्राउ परेका हुन् । उनलाई सिंहदरवार प्रहरी बृत्तमा पुर्याईएको छ ।

२०७५ साल पुस २९ गते शान्ता शर्मासँग २ करोड ३ लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी आएको थाहा पाएपछि ग्रिनहिल सिटीका मुख्य सञ्चालक भेषराज लोहनी भने फरार भएका छन् ।

ठगी काण्डमा पक्राउ परेका भट्टराईलाई शुक्रबार छलफल गरेर पीडितको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि आजको लागि रिहा गरेको छ । उनीहरुले बैंकिङ कसुर सम्बन्धी अपराध गरेकोले मुद्दा चल्ने सम्भावना समेत बलियो छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update