इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय
खेलाडीलाई मृत्यु दण्डको सजाय दिने सरकारी निर्णय प्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ
काठमाडौं, पुस ३ । महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर-अजादानीलाई फाँसीको सजाय सुनाएको छ। २६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको ह’त्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए।
२२ वर्षीय अमिनीको हिरासतमै निधन भएको थियो। खेलाडीलाई मृत्यु दण्डको सजाय दिने सरकारी निर्णय प्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय