Kath khabar
फिफा विश्वकप २०२२ : को बन्ला विश्व च्याम्पियन, अर्जेन्टिना वा फ्रान्स ?


                    काठमाडौं, पुस ३ । फिफा विश्वकप २०२२ को उपाधिका लागि आज आइतबार साविक विजेता फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा फ्रान्सले ६० वर्षको इतिहास दोहोर्‍याउनेछ कि लियोनल मेस्सीले अन्तिम विश्वकपमा सबैभन्दा उत्कृष्ट विदाई पाउनेछ ? फिफा विश्वकपका धेरै खेलको भविष्यवाणी गर्ने सुपर कम्प्युटरले यसअघि नै भविष्यवाणी गरिसकेको छ ।

को बन्ला विश्व च्याम्पियन अर्जेन्टिना वा फ्रान्स ?
खेलकुद तथ्याङ्कको विश्लेषण गर्ने एक कम्पनीले सुपर कम्प्युटरको माध्यमबाट फिफा विश्वकपको अन्तिम अनुमानित आँकडा निकालेको छ। तथ्याङ्क अनुसार फिफा विश्वकपको फाइनलमा फ्रान्सको टोलीको जितको सम्भावना ३५ प्रतिशत छ भने अर्जेन्टिनाको जित्ने सम्भावना ३५.१ प्रतिशत छ । यति मात्र होइन, खेल बराबरी हुनेमा २९.१ प्रतिशतको अपेक्षा छ । यदि यस्तो भयो भने विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुनेछ।

यसअघि फ्रान्स र अर्जेन्टिना दुवैले दुई पटक विश्वकप जितेका छन् । यो खेल लियोनेल मेस्सीको करियरको अन्तिम विश्वकप खेल हुनेछ। अर्जेन्टिना र फ्रान्सको टोलीले यो कप २-२ पटक कब्जा गरेका छन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सेली टोलीले सन् १९९८ र २०१८ मा फिफा विश्वकप च्याम्पियन बनेको थियो।

तथ्याङ्कको कुरा गर्ने हो भने यहाँ पनि अर्जेन्टिनालाई फ्रान्सविरुद्ध ठूलो अग्रता छ । अर्जेन्टिनाले १२ मध्ये ६ खेलमा फ्रान्सलाई हराएको छ भने फ्रान्सले अर्जेन्टिनाविरुद्ध ३ मात्रै जित दर्ता गरेको छ । दुई टोलीबीच ३ खेल बराबरीमा सकिएको छ । विश्वकपको इतिहासमा यी दुई टोलीबीचको यो चौथो भिडन्त हुनेछ ।

यसअघि खेलेका तीन खेलमा अर्जेन्टिनाले दुईमा जित निकालेको थियो भने पछिल्लो विश्वकपमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध पहिलो जित हात पारेको थियो । जब फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको थियो । मैदानमा दुवै टोलीको यो अन्तिम भिडन्त थियो । यस्तो अवस्थामा अर्जेन्टिनाको फाइदा तथ्यांकमा देखिन्छ तर कुनै पनि हालतमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हल्का रुपमा लिने प्रयास गर्नेछैन ।

लियोनेल मेस्सी र केलियन एमबाप्पेबीच भिडन्त
फिफा विश्वकप २०२२ को कुरा गर्दा, अर्जेन्टिना समूह चरणमा साउदी अरेबियासँग पराजित भएको थियो भने फ्रान्स ट्युनिसियाको टोलीसँग पराजित भएको थियो । अर्कोतर्फ सर्वाधिक गोलकर्ताको कुरा गर्दा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पेबीच कडा प्रतिस्पर्धा छ । प्रतियोगितामा दुवै खेलाडीले समान ५-५ गोल गरेका छन् ।

दुवै अहिले उत्कृष्ट लयमा छन् र फाइनलमा दुवैबाट उनीहरूको टोलीलाई ठूलो आशा छ। एम्बाप्पे र मेस्सी अहिले गोल्डेन बुटको दावेदारको शीर्ष स्थानमा छन् । फाइनलमा कसले बाजी मार्छ त्यो हेर्न रोचक हुनेछ।

 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update