ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी
ललितपुर, पुस ३ । महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित हाम्रो कोलोनी बस्ने प्रमिला कुमारी जोशीको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद ४७ हजार रूपैयाँ समेत गरी करिब १३ लाख ७४ हजार ४ सय रूपैयाँ मूल्य बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
घरधनी बुटवल गएको अवस्थामा मेन गेटको ताला फुटाई अपरिचित व्यक्तिहरुले धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय