काठमाडौं, पुस ३ । मरेको मान्छे देख्दा धेरैलाई डर लाग्छ । कतिपय मान्छे त मरेका मान्छे देखेपछि बेहोस नै हुन्छन् । तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकांश समय मरेका मान्छेको शरिर चिरेरै बिताएका छन् ।
२०११ सालमा पर्वत जिल्लामा बुबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णले जीवनभर मान्छे चिरफार गर्ने जागिर गरे ।
उनको इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफूले गरेको काममा सन्तुष्टट हुन सके र रमाउन सके जहाँ पनि खुशी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मार्टम) मान्छे चिर्ने काम गरेर केश फुलाए । उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरेका मान्छेको शरिर चिरे । बोल्दा सामान्य लागे पनि यो काम आफैमा कठिन र डर लाग्ने काम हो । उनको अनुभवले भन्छ, दरिलो आँट भएन भने मान्छे चिर्न त के मुसा चिर्न पनि सकिन्न ।’
उनी जागिरका सुरुवाति दिनको सम्झनामा बहकिए । २०३९ सालमा पहिलो पटक उनि धौलागिरी अञ्चलको शब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन । मासिक रु १ सय ५० रुपैँयामा मान्छे चिरफार गर्ने जागिर खुलेको थियो । सुरुमा सारै डर लाग्यो कसरी काट्ने होला मरेको मान्छे भनेर ? तर अरु कुनै जागिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”
जगिर सुरु भयो मान्छे चिर्ने, उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृत शरिर चिरेको सम्झिए, “शव राख्ने ठाउमा ठेकेदारको शव राखिएको थियो । डाक्टरले "ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता डर लाग्यो । ३-४ दिनको शव थियो । देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । मरेको मान्छे त मरिहाल्यो किन डराउने भन्ने पनि भयो । हातमा पन्जा, मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए । एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने अनुसार नै पेट, टाउको चिरे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो निदाउन सकिन ।”
भोलि पल्ट, पर्सि पल्ट, दिनदिनै शव चिर्ने काम, उनि सम्झन्छन्, "कहिलेकाहि त दिन मै ५, ७ जना चिर्नुपथ्र्यो । गाडि दुर्घटना पर्दा कहिलेकाहि त अझै बढि शवहरु पनि पर्थे ।" त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा डर लागे पनि बानी पर्दै गएपछि त फर्सि काटे जस्तै लाग्यो। "शरिर चिर्यो टन्न रक्सी मासु खायो अनि सुत्यो।"
सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पोस्ट मार्टम गर्ने मृतकका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।
सबैभन्दा डर लागेको क्षण, जब “मरेको मान्छेले मेरो औठि ले भन्यो।”
मान्छे चिर्दाको क्षणमा अनेकौ सम्झना त रहने नै भए । तर बालकृष्णलाइ सबैभन्दा बढि डर लागेको एउटा घटनाले आज पनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले पनि यो डरको अनुभवले भने मुटु नै सिरिङ्ग गराउछ, त्यो रात हो, २०५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ ।
केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । २-३ दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाईलाइ दिइसके पछि एक्कासी केटाले "मेरो औठि ले" भन्दै आफूलाइ झम्टन आएको उनले बताए ।
“फनफन्ती घुमायो मत त्यहि ठाउमा बेहोस भएछु । रातभर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पोस्ट मार्टम गरे । तर त्यो केटाले महिनौ सम्म सताउन छाडेन ।
काम छाड्न पनि पाइएन, अरु कोहि पनि टिकेनन् :
कामबाट निराश भएर काम छाड्न खोजे, अस्पतालका प्रमुख डाक्टरसँग झगडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा गलहत्याए पछि उनले डाक्टरलाइ नै झापड हानेर तिन दिन हिरासत बस्नु पर्यो ।
उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् । कोहि १ महिना कोहि २ महिना, केहि मान्छे त, उक्त ठाउमा जागिर गर्दा गर्दै पागल भएर पनि हिडे, उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय : उनले पोस्टमार्टमको काम गरिसके पछि टन्न रक्सि र मासु खान्थे ।
६३ बर्षमा पनि जवान :
बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह । उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३ - १४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागेको कुरा उनि सुनाउछन ।
उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे । मान्छे चिरेरै उनले ६० - ७० लाख कमाए । अहिले उनी मासिक पेन्सन बुझेर बस्छन र भन्छन, ‘जिन्दगीप्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ ।