Kath khabar
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव


                                 काठमाडौं, पुस ३ ।  काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनानगर क्षेत्रमा तनाव सिर्जना भएको छ । आज आइतवार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । 

महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् । महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरू माथि ज्यादती गरेको उनीहरूको भनाइ छ । 

गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । 

सिंहदरबार पूर्वी गेटमा अहिले सर्वसाधारण, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच भनभन भइरहेको छ । गाडी चालकले महानगरपालिकाले ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।


 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update