Kath khabar
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

 

                         काठमाडौं, पुस ४ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा लामिछानेलाई सर्वसम्मत चयन गरेपनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिका १३ गरी २० जना सांसद छन्।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update