Kath khabar
राष्ट्र बैंकले मंगलबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

 

            काठमाडौं, पुस ४ । भोलि मंगलबार नेपाल राष्ट्र बैकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आव्हान गरेको छ । उक्त दिन चार वर्षे अवधिको विकास ऋणपत्र २०८३ “ज” (४) वर्षे बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंकवित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बुधबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ । निष्कासन मिति २०७९ पुस ६ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति भने २०८३ पुस ६ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेको छ । खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।

राष्ट्र बैंकका अनुसार भोलि बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा भने घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सिमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।     

 

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update