Kath khabar
नेप्से बढेपनि कारोबार रकम भने घट्यो


              काठमाडौं, पुस ४ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से तीन दशमलव ८३ अंकले बढेर १८ सय ५८ दशमलव ८९ चढ्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले बढेर तीन सय ६३ दशमलव ९७ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय ५१ वटा कम्पनीहरूको ३० हजार पाँच सय ४५ पटकको कारोबारमा २६ लाख ९९ हजार तीन सय ३१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, लघुवित्त र ट्रेडिङ सहितका चार वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य सहितका नौं वटा समुहहरूको सूचक भने बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, इर्मजिङ नेपाल हाइड्रो पावर लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने पिपुल्स हाइड्रो पावर कम्पनी, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १, इष्टर्न हाइड्रो पावर लिमिटेड, आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्राइम कमर्सियल बैंक, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update